close

सामूहिक बलात्कारकाे आरोपमा एक युवक पक्राउ , तीन बालक सुधार गृहमा

सामूहिक बलात्कारकाे आरोपमा एक युवक पक्राउ , तीन बालक सुधार गृहमा

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीमा एक किशोरीमाथि भएको सामूहिक बलात्कार घटनामा संलग्नतामा  तीन आरोपित नाबालकलाई बालसुधार गृह पठाइएकाे छ ।

सप्तरी जिल्ला अदालतको आदेशमा उनीहरूलाई बिहीबार बालसुधारगृह वीरगञ्ज पठाइएको हो ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले आरोपित सप्तरीको  शम्भुनाथ नगरपालिका –४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल रामलाई भने पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको हो ।

घटनाका मुख्य आरोपित २० वर्षीय दीपक सरदार भने फरार छन् । गत जेठ २ गते पूर्वपश्चिम राजमार्गको दक्षिण शम्भुनाथ नगरपालिका -३स्थित प्रसिद्ध शम्भुनाथ मन्दिरमा लाग्ने मेला घुम्न गएकी १७ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको थियो ।  आफूमाथि सामूहिक बलात्कार गरेको पीडितले बताएकी छन् ।

पीडितका अनुसार आरोपितहरूले शम्भुनाथ मन्दिरदेखि सय मिटर पूर्वदक्षिणतर्फ पानी ट्यांकी छेउमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।

उक्त घटनाबारे घरपरिवारमा जानकारी गराएपछि पीडितका हजुरबुवाले घटनाकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
यता उजुरीका आधारमा प्रहरीले तत्कालै सुरैतलाल र तीन नाबालकलाई पक्राउ गरेर अनुसन्धानसहित कारबाही प्रक्रिया अघि बढाएको सप्तरी प्रहरीले जनाएको छ ।