close

सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा चट्याङ लागेर दुई जनाको मृत्यु ​​​​​​​

सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा चट्याङ लागेर दुई जनाको मृत्यु ​​​​​​​

Trulli
ADVERTISEMENT

सप्तरी । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा दुई जनाको मृत्यु भएको छ । 

बिहीबार दिउँसो परेको  चट्याङ लागेर गाईवस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो । 

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदे बरसाइनका प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालले जानकारी दिए । घटनास्थलतर्फ प्रहरी खटाइएको जनाएको छ ।