close

ट्रकमा जीप ठोक्किँदा पाँच जना घाइते

ट्रकमा जीप ठोक्किँदा पाँच जना घाइते

Trulli
ADVERTISEMENT

चितवन । चितवनको रत्ननगरमा आज (बिहीबार) बिहान भएको सडक दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा–३ वेल्सीमा रोकिराखेको ट्रकमा भारतीय नम्बरको स्कार्पियो जीप ठोक्किएर दुर्घटना भएको हो ।

ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाडौंको लागि छुटेको बिआर ०५ पीए ९९७४ नम्बरको स्कार्पियो ठोक्किएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा जीपमा रहेका बारा कलैयाका ४२ वर्षीय राजिवप्रसाद कुर्मी, ६० वर्षीय रामबाबु साह, ६१ वर्षीय महमदबाबु खान, ४० वर्षीया सिलादेवी साह र बाराको गढीमाइ नगरपालिका–१० का ३२ वर्षीय रामजीप्रसाद साह रहेका छन् ।

घाइतेको पुरानो मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।