अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर प्रयोगकर्ताको सङ्ख्याबारे थप बुझ्न आफूले गरेको आग्रहलाई रोकिएको आरोप लगाएका छन् ।
उक्त आरोपसँगै उनले ट्विटर कम्पनी खरिद गर्ने सम्झौताबाट आफू अलग हुन सक्ने चेतावनी समेत दिएका छन् ।
गत अप्रिलमा ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनीको स्वामित्व खरिद गर्ने मस्कको प्रस्तावमा सहमत भएको थियो ।
मस्कले 'स्प्याम अकाउन्टहरूको हकमा आफ्नै ढङ्गले अगाडि बढ्ने' बताएको बिबिसीले जनाएको छ ।
यसअघि मस्कले 'सामाजिक सञ्जालका नक्कली खाता हटाउने' विषयमा आफ्नै योजना लागू गर्ने बताएका थिए ।
उनले ट्विटरमा दैनिकरुपमा पाँच प्रतिशतभन्दा धेरै दैनिक प्रयोगकर्ता नक्कली भएको बताएका थिए । ट्विटरले भने आफ्नो अनुमानको बचाउ गर्दै आएको छ ।
मस्कले ट्विटरले प्रयोगकर्ताको विवरण उपलब्ध नगराएर ट्विटरले आफ्नो सूचनाको हकसमेत खोसेको आरोप लगाएका छन् ।