काठमाडौं । टेकुस्थित कनक पेट्रोलपम्पमा विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पम्पमा रहेको सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । इन्धन राख्ने ट्याङ्कीमा बिल्डिङ गरिरहेका बेला ग्यास विस्फोट भएको थियो ।
घाइते हुनेहरूमा पर्सा जगन्नाथपुरका किशोर साह र दीपककुमार साह रहेको प्रहरीले जनाएको छ ।
विस्फोटबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।