काठमाडौं । रुपन्देहीको दुर्घटनामा परी मृत्यु भएकामध्ये आठ जनाको सनाखत भएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका ९जनामध्ये ८ जनाको सनाखत भएको हो ।
जसमा ३ जना भारतीय नागरिक र पाँच जना नेपाली नागरिक छन् । दुर्घटनामा परी मृत्यु हुने भारतीय नागरिकहरुमा अरविन्द शर्मा, नागेन्द्र शर्मा र सञ्जय गुप्ता छन् ।