काठमाडौं । नेपाली रेलमा सामान्य आगलागी हुँदा एक महिला घाइते भएकी छन् ।
बिहीबार दिउँसो जयनगरबाट जनकपुर आउँदै गरेको नेपाली रेलमा एसिड पोख्दा सामान्य आगलागी भएको हो ।
नेपाल रेलवे कम्पनीका अनुसार आगलागीमा परेर एक महिला सामान्य घाइते भएकी छन् ।
रेलवे कम्पनीका अनुसार यात्रुले बोकेको एसिड पोखिँदा घटना भएको हो ।