काठमाडौं । ललितपुरका किसानले आयल निगम आयल निगम घेराउ गरेका छन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण दैनिक जीवन कष्टकर बनेको बताउँदै लुभुका स्थानीयले निगमको घेराउ गरेका हुन् ।
उनीहरूले ‘ जनता हन्डर, ठक्करमा नेता कमिसनको चक्करमा, किसानमारा, श्रमिकमारा व्यवस्था मूर्दावाद, महँगीकाे मारमा मजदूर किसान मारमा,बढ्नो महँगी नियन्त्रणमा गर्’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
मूल्य वृद्धिका कारण बाँच्न कठिन परिरहेकाले किसानले जहिल्यै पनि लड्नुको विकल्प नभएको बताउँदै उनीहरुले सरकारले किसानलाई जहिल्यै पनि माथि उठ्न नदिने गरी प्रपञ्च गरिरहेको बताए ।