close

बलात्कारको आरोपमा एक म्यादी प्ररही पक्राउ

बलात्कारको आरोपमा एक म्यादी प्ररही पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । झापाको गौरिगञ्जबाट बालिका बलात्कार गरेको आरोपमा एक म्यादी प्रहरी पक्राउ परेका छन् । 

 

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीया कमलप्रसदा पोखरेल पक्राउ परेका हुन् । 

 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार उनले २०७४ जेठ ३ गते उदयपुरको ताप्लीमा रहेको    गहते जंगलमा लगेर बालिकालाई बलात्कार गरेको आरोप पोखरेलमाथि आरोप छ । 

 

उनले स्थानीय चुनावका लागि झापामा म्यादी प्रहरीमा आवेदन दिई छनोट प्रक्रिया पूरा कार्यरत अवस्थामा नै उनी पक्राउ परेका हुन् । उनीमाथि थप कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ ।