close

कटारीको मेयरमा ज्ञानेन्द्र श्रेष्ठको अग्रता कायमै - कांग्रेसले पछ्याउँदै, स्वतन्त्र कमजोर

कटारीको मेयरमा ज्ञानेन्द्र श्रेष्ठको अग्रता कायमै - कांग्रेसले पछ्याउँदै, स्वतन्त्र कमजोर

Trulli
ADVERTISEMENT

उदयपुरको कटारी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले अग्रता लिइरहेका छन् । श्रेष्ठले ३१८३ मतका साथ अग्रता लिइरहँदा नेपाली कांग्रेसका राजेशचन्द्र श्रेष्ठले ३०३५ मतले उनलाई पछ्याईरहेका छन् । एमाले उम्मेदवार श्रेष्ठको र कांग्रेस उम्मेदवारबीच १४८ मतको मतान्तर रहेको छ ।  

 

त्यस्तै, उपमेयरमा पनि नेकपा एमालेकी उम्मेदवार गिता खड्काले ३३४५ मतका साथ अग्रता लिइरहेकि छिन् । नेकपा माओवादी केन्द्रबाट उपमेयरका उम्मदेवार विनोद कटुवालले २४३५ मत पाएका छन् भने एकीकृत समाजवादीका हृदय बहादुर तामांगको १३५६ मत छ । 

 

१४ वटा वडा रहेको कटारी नगरपालिकाको मतगणना पुछारबाट भइरहेको र हालसम्म ७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । बाँकी ५ वटा वडाको मतगणना बाँकी रहेको छ । 

 

सुरुदेखि नै मेयरमा अग्रता लिइरहेका निवर्तमान मेयर समेत रहेका ज्ञानेन्द्र श्रेष्ठले आफुनो सहज जित हुने प्रतिक्रिया दिएका छन् । नेकपा एमालेकी निवर्तमान उपमेयर भिम कुमारी राउतले स्वतन्त्रमा उम्मेदवारी दिएपछि कटारीको मेयरका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठलाई जित हासिल गर्न कठिन हुने आँकलन गरिएको थियो । तर, परिणाम सार्वजनिक हुँदा श्रेष्ठले नै अग्रता लिइरहेको र बाँकी वडाहरु पनि नेकपा एमालेको बलियो वडा भएकाले जित सुनिश्चित रहेको आँकलन गर्न थालिएको छ ।