close

यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका शिक्षकविरुद्ध आन्दोलनपछि उजुरी

यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका शिक्षकविरुद्ध आन्दोलनपछि उजुरी

Trulli
ADVERTISEMENT

काठमाडौँ । आफू पढ्ने कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित भएका छन् ।

 

कलेजका संयोजक जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको आरोप विद्यार्थीहरुको छ ।

 

मंगलबार बिहानैदेखि कलेजका विद्यार्थीहरूले आन्दोलन गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले जानकारी दिएका छन् ।

 

कलेज संयोजक अधिकारीले पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका हुन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।

 

एसएसपी गिरीका अनुसार विद्यार्थी तथा अभिभावकहरू अहिले गौशाला वृत्तमा नै रहेको तथा जाहेरीहरू लेख्ने काम भइरहेको छ । साथै उनले पीडितको सङ्ख्या धेरै भएको हुँदा जाहेरी समेत सबै दर्ता भइसकेको छैन। "बुझ्ने काम भइरहेको छ। सबै कुरा खुलिसकेको छैन," उनले जानकारी दिए ।

 

जाहेरी दिने क्रममा रहेका विद्यार्थीहरुले कलेजका संयोजकसमेत रहेका अधिकारीले आफूसँग सुत्न र त्यसो नगरे रेस्टिकेट गरिदिने सम्मको धम्की दिने गरेको विद्यार्थीहरूको दाबी छ ।

 

संयोजक अधिकारीले पीडित बालिकालाई जबरजस्ती क्याफेमा लगेर संवेदनशील अङ्ग छोएको, आफ्नै घरमा बस्न दबाब दिएको लगायतका आरोप लगाएका छन् ।

 

माध्यमिक तहमा सामाजिक विषयका शिक्षक समेत रहेका अधिकारीले कक्षा ११ र १२ का मात्रै नभएर साना बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको आरोप छ ।