close

कांग्रेसलाई पौडेलको चेतावनी : संघीय र प्रदेशसभा चुनाव केही मान्छे स्वार्थ पूर्तिमा लागे फेरि लड्छु

कांग्रेसलाई पौडेलको चेतावनी : संघीय र प्रदेशसभा चुनाव केही मान्छे स्वार्थ पूर्तिमा लागे फेरि लड्छु

Trulli
ADVERTISEMENT

काठमाडौं । भरतपुर महानगरपालिकामा पराजित गठबन्धनवविरुद्ध उठेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अब आउने संघीय र प्रदेशसभा सदस्यमा केही मान्छेको स्वार्थ पूर्तिका लागि लोकतान्त्रिक पद्धतिलाई योगदान नपुर्‍याउने भए आफूहरू विचार गरेर अघि बढ्ने बताएका छन् । 

 

बुधबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी आफूलाई मतदान गर्नेहरूलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

 

‘तर अहिले हामी दलहरूलाई सचेत गराउने, पार्टीहरूले कार्यकर्ताको मनोविज्ञानलाई बुझेर निर्णय गरून् भन्नेमा नै हाम्रो ध्यान जान्छ । अलग दिशामा जाने बारेमा अहिल्यै केही निर्णय गरेका छैनौँ,’ पौडेलले भने । सत्ता प्राप्तका लागि लागेका अहिले आफूहरूबाट डराएको उनले बताए ।

 

सो पदमा विजय भएकी रेणु दाहालले ५२ हजार २८ मत प्राप्त गरी विजयी भएकी छन् भने पौडेलले १४ हजार ७२८ प्राप्त गरे ।