काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका-७ मा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर लक्ष्मण पचभैयाका अनुसार आइतबार अन्दाजी ३ बजेतिर बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो ।
लमुजुङकाे कोइलेनीस्थति मध्यपहाडी लोकमार्गमा भएको सो घटनास्थलमा दुर्घटना भएकाे प्रहरीले जानकारी दिएको छ ।
मध्यनेपालकै कल्याङबेंसीबाट रामबजारतर्फ आउने क्रममा ढुंगा लोड भएको टिपर दुर्घटनामा परेको हो ।
उद्दार कार्य जारी रहेको र मृतकको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । मृतक सबै पुरुष रहेकाे प्रहरीले बताएको छ ।
टिपरले च्यापिएर मृत्यु भएकाको शव निकालिएको र उनीहरुमध्ये ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।