close

हराएको जहाज खोजी कार्य आजलाई स्थगित

हराएको जहाज खोजी कार्य आजलाई स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं । हराएको जहाज खोजी कार्य आजलाई स्थगित भएको छ । खराब मौसम र भूगोलका कारण जहाज खोजी कार्य आजलाई स्थगित भएको हो । 

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरूमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका कारण हालसम्म स्थिति अज्ञात छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित गरिएको छ ।

 

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीन अटर विमान बेलुकी ८ बजेसम्म भेटिएको छैन ।