काठमाडौं । आइतबार दुर्घटना भएको तारा एयरमा सवार २२ जनामध्ये २१ जनाको शव भेटिएको छ ।
मुस्ताङ प्रशासनका अनुसार जहाज दुर्घटनामा परी मृत्यु भएका २१ मध्ये १० को शव हेलीमार्फत् थासाङको कोवाङमा ल्याइएको छ।
कोवाङमा ल्याइएका १० वटै शवको कानुनी प्रक्रिया र मुचुल्का गर्ने काम भइसकेकाले काठमाडौं लैजाने तयारी भइरहेको प्रशानसले जानकारी दिएको छ ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १० :१० मिनेटमा सम्पर्कविहीन भएको विमान थासाङको मानापाथी हिमाल स्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।