मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनामा सवार २२ जनाको शव भेटिएको छ।
हिजो साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एक जनाको पनि शव भेटिएको हो । भेटिएका मध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ।
जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो । अन्य १० जनाको शव आज विहान मुस्ताङको कोवाङसम्म ल्याइएको छ । अब दुई जनाको शव पनि कोबाङ ल्याएर १२ वटै शव काठमाडौं पठाइने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
दुर्घटनामा मृत्यु भएका यात्रु तथा चालक दलका सदस्यको शव काठमाडौंमा ल्याएर पोष्टमार्टम गरी परिवारलाई बुझाइने तारा एयरले जनाएको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटनामा परेको थियो ।