काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एमसिसीको १२ बुँदेबारे एक शब्द पनि नबोलिएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार आव २०७९÷०८०को बजेटसम्बन्धी छलफलका क्रममा उनले यस्तो प्रश्न उठाएका हुन् ।
यस्तै, उनले लप्सीफेदी, रातमाटे, हेटौँडा, दमौली हुँदै गोरखपुरको प्रशारण लाइन र एमसिसीअन्तर्गत हो कि अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव हो भनी प्रश्न गरेका छन् ।
सो योजना एमसीसी अन्तर्गत हो वा होइन भन्दै भोलि एमसीसी फिर्ता भए अर्थमन्त्री आफैँले पैसा हालेर बनाउने हो भनी जिज्ञासासमेत प्रकट गरे ।
अमेरिकाले एमसीसीसम्बन्धी १२ बुँदे नस्वीकारे त्यसैदिन खारेज हुने सो क्रममा उनले बताए ।