काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले सडक निर्माणमा प्रयोग भएको सामग्रीको सूचना माग्दा आफूहरुले नपाएको भनी गुनासो गरेका छन् ।
वडा नम्बर २ मा सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीय युवाले निर्माण सामग्रीबारे जनकारी माग्दा निमित्त प्रशासकीय अधिकृत लखनदेव यादवले सूचना नदिएकाे सागर यादवले बताए । उनले भने, ‘बरु मिलाउने भनी फकाउन खोजियो ।’
यादव पछिल्लो स्थानीय तहका स्वतन्त्र उम्मेद्वारसमेत हुन् । सडक कार्यादेशविनै निर्माण भएकोसमेत उनले बताए ।
सूचना माग्न निवेदनसिहत स्थानीय राजु शाह सिहतकाे टाेली पालिका पुगेकाे थियाे ।
तर, निमित्त प्रशासकीय अधिकृत यादवले सबै काम प्रक्रियाअनुसार र कानुनबमोजिम नै काम गरेकाे बताए ।