close

बझाङ र हेटौंडा शंकास्पद वस्तु फेला

बझाङ र हेटौंडा शंकास्पद वस्तु फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । मकवानपुको हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–७ र ८ को सिमाना फाएरलाइनमा उक्त शंकास्पद वस्तु देखा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

 

उनले उक्त शंकास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई बोलाइएको बताए । निर्वाचन बहिष्कार समूहले उक्त शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको आशंका छ ।

 

यस्तै, शुक्रबार बहिनै बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको भेटिएको छ ।

 

प्रेसकुकर बम जस्तो देखिने उक्त शंकास्पद बस्तु डिस्पोजल गर्न बिरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ ।

 

यस्तै बुंगल ८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा रङको बट्टा जस्तो शंकास्पद बस्तु भेटिएको र नेपाली सेना परिचालन गरिएको छ ।