काठमाडौं । पैसा बाँड्न आएको भन्दै बुटवल उपमहानगरपालिकाका मेयरकी श्रीमतीलाई नेपाली कांग्रेसका कार्यकर्ताले कब्जामा लिएका छन् ।
उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती उपमहानगरपालिका–११ मझुवा टोलको सुकुम्बासी बस्तीमा पैसा बाँडेको आरोपमा उनलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
सुकुम्बासी बस्तीको सिर्जना भुसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।