काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्नेछ ।
संसद सचिवालय स्रोतका अनुसार जेठ ४ गते पूर्वबजेट छलफल गरी जेठ ७ गते संघीय संसदको बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेगरी तयारी अगाडि बढाइएको छ ।