close

चितवनको पहिरोमा अझै पनि हजारौँ यात्रु अलपत्र

चितवनको पहिरोमा अझै पनि हजारौँ यात्रु अलपत्र

Trulli
ADVERTISEMENT

चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।

 

पूर्णरुपमा संचालनमा आउन नसक्दा अहिले पनि हजारौँ सवारी साधन र यात्रु अलपत्र परिरहेका छन् ।

 

इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोला पनि भनिने तोपेखोलामा पहिरो खस्दा हिजो शनिबार साँझ करिब ७ : ४० बजेदेखि सडक अवरुद्ध बनेको थियो ।

 

सो जाममा फसेका खबर पालिका सहकर्मीका अनुसार बल्लतल्ल एकतर्फीरुपमा खुलेको सडकमा राम्रोसँग सवारी पास हुन नसक्दा अहिले पनि हजारौँ सवारी साधन तथा यात्रु अलपत्र छन् ।

 

'न मोबाइलको नेटवर्कले राम्रोसँग काम गरेको छ, न त खानेकुरा नै पाइन्छ,'  यात्रुहरूको पीडा छ, 'मौसम समेत प्रतिकुल हुँदा फेरि पहिरो आएर जाम बढ्ने हो कि भन्ने जोखिम समेत छ ।'

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५:३० बजेदेखि आंशिकरुपमा सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिङ र भरतपुरबाट एक–एक वटा जेसिभी प्रयोग गरिएको थियो । 

 

सो जाममा विशेष गरेर यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न घर फर्किरहेकाहरूको संख्या बढी छ ।