close

लखनउ सहज जितसहित आईपीएलको शीर्षस्थानमा

लखनउ सहज जितसहित आईपीएलको शीर्षस्थानमा

Trulli
ADVERTISEMENT

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ ।

 

शनिबार राति लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १०१ रनमा समेटियो । कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४५ रन बनाए । सुनिल नारिनेले २२ रन तथा आरोन फिन्च १४ रनको योगदान गरे ।

 

लखनउका आभेश खान र जासन होल्डरले ३-३ विकेट लिए । यसअघि पुणेमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेकाे थियाे । 

 

लखनउका क्विन्टन डी ककले सर्वाधिक ५० रन बनाए । यस्तै दिपक होडाले ४१ रन जोड्दा मार्कुस स्टोनिसले २८ रन बनाए । कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए । जितसँगै लखनउ ११ खेलबाट १६ अंक जोडेको छ भने कोलकाता ११ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा छ ।