close

आज दिउँसो हल्का वर्षाको सम्भावना

आज दिउँसो हल्का वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । आइतबार बिहान प्रदेश १ का तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायु, पश्चिमी न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा मौसम प्रतिकूल बनेको हो ।

 

दिउँसो प्रदेश १ ,बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, बागमती र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।