close

कैलालीमा निर्वाचन अवधिभर मदिरा बिक्री/वितरण निषेध

कैलालीमा निर्वाचन अवधिभर मदिरा बिक्री/वितरण निषेध

Trulli
ADVERTISEMENT

कैलाली ।  जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाभर वैशाख २७ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन अवधिभर मदिरा बिक्री/ वितरण तथा सेवन गर्न निषेध गरेको छ । 

 

आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरको बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको सूचना जारी गरी जानकारी दिएको छ । 

 

साथै, बेवास्ता गरी कसैबाट मदिराको बिक्रीरवितरण वा सेवन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने पनि सूचनामा उल्लेख छ ।