close

नेपालले हरायो जिम्बावेलाई

नेपालले हरायो जिम्बावेलाई

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले जिम्बावेविरुद्धको खेलमा सानदार जित निकालेको छ । 

 

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एक दिवसीय खेलमा नेपालले जिम्बावेलाई ‘ए’ ९ विकेटले पराजित गरेको हो । 

 

बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरेको नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिला बलिङ गरेको नेपालले जिम्बावे ‘ए’ लाई ३१.५ ओभरमा अलआउट गराएको थियो ।

 

पहिला ब्याटिङ गरेको जिम्बावेले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो । 

 

आसिफ शेखले ३४ बलमा ६ चौकासहित ३४ रनको अविजित इनिङ खेले । उनले पहिलो विकेटका लागि सुनिलसँग ७९ रनको साझेदारी गरेका थिए ।

 

विनोद भण्डारी ४ रनमा अविजित रहे । जिम्बावे ‘ए’ का बलर ब्रान्डन माभुटाले एक विकेट लिए ।