काठमाडौं । नेपाल प्रहरीको आइजिपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइ बिहीबारसम्मलाई हेर्दाहेर्दैमा रोकिएको छ ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा महाधिवक्ता कार्यालयले समेत यस मुद्दामा आफू पनि सहभागी हन पाउनुपर्छ भनी माग गरेपछि सुनुवाइ लम्बिएको हो ।
सरकारले धीरजप्रताप सिंहलाई आइजिपीमा नियुक्ति गरेपछि पोखरेलले वरीयता र कार्यसम्पादनका आधारमा आफूलाई आइजिपी पदमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।