काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट मंगलबार बिहान १०० ग्राम सुनसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। पक्राउ पर्नेान पन्देहीका २८ वर्षीय सरोज कार्की छन् ।
भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजश्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ।
तर उनले राजश्व नतिरी मिक्सरभित्र लुकाएर ल्याएको अवस्थामा विमानस्थल सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो ।