काठमाडौं । नेपाल र जिम्बावे ‘ए’बीचको टी–२०बीचको खेल वर्षाका कारण रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल चलिरहँदा वर्षा हुँदा खेल स्थगित भएको हो ।
खेल रोकिनुअघि जिम्बावे टोलीले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो ।
यसअघि पनि वर्षाका कारण नेपाल र जिम्वावेबीचको खेल रोकिएकाे थियो । जसका कारण खेल तालिका नै परिर्तन भएको थियो ।