काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।
नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो ।
प्रतिनिधिसभाको फागुन १५ गते बसेको बैठकबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको हो।
नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवर्द्धन गर्ने साझा उद्धेश्यमा नेपाल सरकार र एमसिसी दुवै पक्ष प्रतिवद्ध रहेका छन्। सम्झौताले नेपालको सुशासन, आर्थिक स्वतन्त्रता तथा नागरिकमा गरिने लगानी सुदृढ हुने अपेक्षा गरिएको छ ।
सम्झौता अनुसार ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत् ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कामय राख्ने लक्ष्य रहेको छ।
नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते उक्त सम्झौता भएको थियो।