सरकारले स्थानीय तहको निर्वाचन सकिए लगत्तै आगामी जेठ १ गतेदेखि परिक्षणका रुपमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हे । सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको मन्त्री कार्कीले बताए। बैठकले कार्यालय समय भने विहान साढे ९ देखि साँझ साढे ५ सम्म बढाएको छ ।