close

आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै

आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै

Trulli
ADVERTISEMENT

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली आज प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो ।

 

नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो ।

 

दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको आयोगले जनाएको छ । अब एक करोड ७७ लाख भन्दा बढी मतदाता कायम भएका छन् ।

 

आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि नाम हेरफेर गर्न पाइने छैन । आयोगले ७५३ वडा, र ७७ वटै पालिका निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाता सूची तयार पारेको छ ।

 

२०७९ साल वैशाख २९ सम्ममा १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा नाम भएका खण्डमा मतदान गर्न दिइने आयोगले बताएको छ ।