close

बुद्धनगर डिप ट्युबवेलको परीक्षण हुँदै

बुद्धनगर डिप ट्युबवेलको परीक्षण हुँदै

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ स्थित बुद्धनगर टोल विकास संस्था आसपास समृद्ध तराई मधेस सिँचाइ कार्यक्रमअन्तर्गत प्राप्त ३ लाख रुपैयाँबाट डिप ट्युबवेल तथा ट्रान्सफर जडान सम्पन्न भएको छ । डिप ट्युबवेल जडान सम्पन्न भएसँगै नगर प्रमुख खगेन्द्र राईले अनुगमन गरेका छन् । 

 

बुद्धनगर डिप ट्युबवेल सिँचाइ जल उपभोक्ता समिति चौदण्डीगढी वडा नम्बर ९ ले डिप ट्युबवेल तथा ट्रान्सफर जडान सम्पन्न गरेसँगै बुद्धनगर टोल विकास संस्थाका ५० घरधुरीका स्थानीय लाभान्वित हुने आयोजनाका सचिव शंकर कार्कीले जानकारी दिए ।

 

डिप ट्युबवेलबाट ५० घरपरिवारको करिब २७ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । समृद्ध तराई मधेस सिँचाइ कार्यक्रमअन्तर्गत पहिलो चरणको बजेटबाट डिप ट्युबवेल तथा ट्रान्सफर जडानको काम सम्पन्न भए पनि पम्प हाउस र पाइपिङको काम बाँकी रहेको योजनाका अध्यक्ष चन्द्रनारायण राउतले बताए । डिप ट्युबवेल जडानको काम सम्पन्न भएसँगै चौदण्डीगढी नगरपालिकामा कृषि उत्पादन बढ्ने नगरप्रमुख राईले बताए ।