close

सुन्दरहरैंचामा अनलाइन राजस्व भुक्तानी सेवा 

सुन्दरहरैंचामा अनलाइन राजस्व भुक्तानी सेवा 

Trulli
ADVERTISEMENT

मोरङ–मोरङको सुन्दरहरैंचा नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । नगरप्रमुख शिवप्रसाद ढकालले सम्पत्ति कर भुक्तानी गर्दै अनलाइन राजस्व भुक्तानी सेवा सुरु गरेका हुन् । अब नगरबासीले सम्पत्ति तथा भूमि, व्यवसाय र घर बहाल कर भुक्तानीका लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नुपर्ने बाध्यता हटेको उनले बताए ।

 


विद्युतीय भुक्तानी सुरु भएपछि नगरपालिकाका स्थानीय करदाताले घरमै बसेर अनलाइनमार्फत राजस्व भुक्तानी गर्न सक्ने नगरप्रमुख ढकालले जानकारी दिए । अनलाइन भुक्तानी सुरु भएपछि राजस्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजस्वको दायरा वृद्धि हुने विश्वास लिइएको छ । विद्युतीय भुक्तानीबारे करदातालाई शिक्षा दिन नगरपालिकाले कार्यक्रम सञ्चालन गर्ने ढकालले जानकारी दिए ।

 


विद्युतीय भुक्तानीको माध्यम ईसेवाबाट नगरपालिकाको कर भुक्तानी गर्न सकिने ढकालले बताए । अन्य अनलाइन भुक्तानी सेवाप्रदायकसँग पनि सम्झौता गरेर भुक्तानी व्यवस्थालाई सहज बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको उनको भनाइ छ ।