close

देवाही गोनाहीका नगरप्रमुख अख्तियारको नियन्त्रणमा 

देवाही गोनाहीका नगरप्रमुख अख्तियारको नियन्त्रणमा 

Trulli
ADVERTISEMENT

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका प्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । पटेललाई २ लाख नगद र साढे २ लाख रुपैयाँको चेकसहित आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो ।

 

नगरपालिकाकै वडा नम्बर १ का वडाध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अख्तियारको टोलीले नगरप्रमुखलाई पक्राउ गरेको पुष्टि गरे ।

 

नगरप्रमुख पटेल, उनका स्वकीय सचिवलगायत चार जना पक्राउ परे पनि उनीहरूबारे थप विवरण आउन बाँकी छ । घुस रकमसहित पटेल पक्राउ परेपछि स्थानीयको एक समूहले फसाउन खोजेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ ।