close

अपांगता भएका १८२ लाई व्यासको प्रोत्साहन भत्ता

अपांगता भएका १८२ लाई व्यासको प्रोत्साहन भत्ता

Trulli
ADVERTISEMENT

तनहुँ–तनहुँको व्यास नगरपालिकाले ‘ग’ वर्गको पहेंलो कार्ड प्राप्त अपांगता भएका व्यक्तिलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । सरकारले पहेँलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम नदिने निर्णय गरे पनि व्यास नगरपालिकाले प्रोत्साहनस्वरूप यो भत्ता दिएको हो ।


नगरपालिकाले १४ वटै वडाका १८१ (ग) वर्गका अपांगता भएका व्यक्तिलाई सो भत्ता वितरण गरेको हो । नगरपालिका उपप्रमुख तथा नगरस्तरीय अपांगता समन्वय समिति संयोजक मिरा जोशीले प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको जानकारी दिइन् ।


‘क’ र ‘ख’ वर्गमा परेका व्यक्तिलाई सरकारले मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गरे पनि ‘ग’ वर्गलाई सुविधा प्रदान नगरेकाले नगरपालिकाको तर्फबाट प्रोत्साहनस्वरूप सहयोग गरिएको उपप्रमुख जोशीले बताइन् । नगरपालिका कोषबाट पहेंलो कार्ड प्राप्त अपांगता भएका व्यक्तिलाई वार्षिक ४ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेबमोजिम रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

 

शुक्रबारबाट १ देखि ४ नम्बर वडासम्मका ‘ग’ वर्गका पहेंलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम वितरण गर्न थालिएको व्यास नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख राधा वाग्लेले बताइन् । ‘सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको छ तर व्यास नगरपालिकाले पहेंलो कार्ड भएकालाई पनि रकम प्रदान गर्न बैठकबाट पारित गरेरै वितरण सुरु गरेको छ,’ उनले भनिन् ।

 

नगरपालिकाबाट १३३ जनाले पहेंलो कार्ड लिएका छन् भने शुक्रबार १९ जनालाई प्रतिव्यक्ति वार्षिक २ हजार ५ सय रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गर्न थालिएको व्यास नगरपालिका महिला तथा बालबालिका शाखाका कार्यालय सहायक मुना तामाङले बताइन् ।