बाजुरा–नेकपा एमाले बाजुराले आउँदो २० फागुनदेखि पालिका स्तरीय निर्वाचन परिचालन अभियान गर्ने भएको छ । आउँदो ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालले सबै स्थानीय तहमा अभियान चलाउने निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
दोस्रो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले २५ माघको पदाधिकारी बैठकले गरेका निर्णय अनुमोदन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख काशी विकले जानकारी दिए ।
जिल्ला पार्टी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य तथा सह–इन्चार्ज सहदेव बोगटी, प्रदेश कमिटी सदस्य रंगमान शाही, अजबहादुर मल्ल, वीरबहादुर शाही, रामलाल कार्कीलगायत नेताको उपस्थिति थियो ।