close

 एमसीसी विरुद्ध प्रदर्शन गर्ने र प्रहरी विच झडप

 एमसीसी विरुद्ध प्रदर्शन गर्ने र प्रहरी विच झडप

Trulli
ADVERTISEMENT

काठमाडौं–अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ । एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् ।

 

माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद नजिक  एभरेस्ट होटलमा रोकेको छ । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको छ । प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ ।