close

मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस अवसरमा ३ फागुनमा मनाउने भएको छ । दिवस अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ । सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा ३ फागुनमा मनाउने भएको निर्णय गरेको हो ।

 

यसअघि अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । यो वर्ष स्थायी राजधानीको अपनत्व लिन दाङको भालुबाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए ।

 


स्थापना दिवसमा सरकारले घोषणा गरेको पदक र विभूषित हुने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघ–संस्थाका प्रतिनिधिलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको उनले जानकारी दिए । कार्यक्रममा विभिन्न मन्त्रालयबाट भएको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिनेछ ।