close

ओमान जाने नेपाली क्रिकेट टोलीको बिदाइ

ओमान जाने नेपाली क्रिकेट टोलीको बिदाइ

Trulli
ADVERTISEMENT

काठमाडौं– ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाइ गरीएको हो ।  मंगलबार भर्चुअलबाट आयोजित बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडीलाई बिदाइ गरे ।

 

कोरोना संक्रमण जोखिमका कारण नेपालक्रिकेट संघ (क्यान) ले भर्चुअल माध्यमद्वारा मंगलबार बिहान बिदाइ कार्यक्रम आयोजना गरेको हो । विश्वकप छनोटका लागि हुने खेलमा नेपाली टोली मंगलबार राती ८ः३० बजे ओमान जाने तालिका छ । ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनीबीच खेल हुनेछ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनोट खेलअन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

 

छनोटअघि नेपालले ओमानमा चारदेशीय टी–२० सिरिज खेल्ने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् । खेलाडीलाई बिदाइ गर्दै मन्त्री गहतराजले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिए । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै मन्त्री गहतराजले यस पटक विश्वकपका लागि नेपाली टोली छनोट हुनेमा विश्वस्त रहेको बताए ।

 

राज्यले खेल पूर्वाधार निर्माणका लागि उल्लेख्य प्रयास गर्दै आएको बताउँदै उनले केही ठूला पूर्वाधार निर्माणाधीन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पूर्णता दिने गरी निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । क्यान अध्यक्ष चन्दले विगतमा देखिएका कमी–कमजोरी सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए । खेलाडीलाई उच्च मनोबलका साथ उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिए । 


कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालालगाय उपस्थित थिए ।