दैलेख– दैलेखको महाबु गाउँपालिकाले पालिकाभित्रका सबै वडामा रहेका हजार दिने आमालाई पोषणयुक्त खानेकुरा वितरण सुरु गरेको छ । बिहीबार गाउँपालिकाको वडा नम्बर ५ का ५० जना हजार दिने आमालाई पोषणयुक्त खानेकुरा दाल, तेल, गेडागुडी, नुनलगायत खाद्यान्न वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगालीले जानकारी दिए ।
पालिकाका ६ वटै वडाका विपन्न, अपांगता तथा असहायलाई प्राथमिकतामा राखेर प्रत्येक वडामा ५० जना हजार दिने आमा छनोट गरी पोषणयुक्त खानेकुरा वितरण गरिनेछ ।
महाबु गाउँपालिका स्वास्थ्य शाखा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत पालिकाभित्रका सबै वडाका हजार दिने आमालाई पोषणयुक्त खानेकुरा वितरण सुरु गरिएको उनले बताए ।