close

काठमाडौं महानगरमा सोमबारदेखि लगाइँदै खोपको दोस्रो मात्रा 

काठमाडौं महानगरमा सोमबारदेखि लगाइँदै खोपको दोस्रो मात्रा 

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाले २४ माघदेखि५ फागुनसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाइने बताएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौंको २० माघको निर्णयअनुसार महानगरले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो ।


महानगरका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । खोप लगाउन महानगरका ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

 

सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाई २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्नेछ ।

 

खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि महानगरले आग्रह गरेको छ । कोरोनाको तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ । माघ दोस्रो साता उच्च बिन्दुमा पुगेको महामारीको तेस्रो लहर अहिले क्रमिक घटिरहेको छ ।