close

लता मंगेशकरको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।  हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राती उपचारका क्रममा निधन भएको हो । 


केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण देखिएको थियो । मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बरमा मध्य प्रदेशको इन्दोर सहरमा भएको थियो । उनको परिवारको पृष्ठभूमि शास्त्रीय संगीतको थियो । औपचारिक शिक्षा हासिल नगरेकी मंगेशकरले बलिउड सिनेमाका लागि गीत गाएकी थिइन् । यो कुरा उनको परिवारलाई सुरुमा मन नपरेको उनले एक अन्तर्वार्ताका क्रममा बताएकी थिइन् । 

 


सन् १९४९ मा उनले महल सिनेमाका लागि उनले पहिलो पटक गीत गाएकी थिइन् । त्यही गीतले उनको चर्चा चुलिएको थियो । आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन् । मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन् । राजा महेन्द्रले लेखेको ‘आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ...’ गीतमा मंगेशकरले स्वर दिएकी थिइन् । अरू नेपाली गायक÷गायिकासँग पनि उनले गीत गाएकी छन् ।


मंगेशकरले भारतका प्रतिष्ठित भारत रत्न, पद्मभूषण, दादासाहेब फाल्के अवार्डलगायत पुरस्कार र सम्मान पाएकी थिइन् । मंगेशकरको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।