काठमाडौँ — सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भएको छ । सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति जुटेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूसहित आयोगका पदाधिकारीसँग स्थानीय निर्वाचन सम्बन्धमा छलफल गरेका थिए । आयोगका पदाधिकारीले जेठ ४ मै निर्वाचन गर्न सकिने परामर्श दिएका थिए ।