close

बुधबार सार्वजनिक बिदा

बुधबार सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं–गृह मन्त्रालयले सोनाम ल्होसार अवसर बुधबार मुलुकभर सार्वजनिक बिदा दिएको छ । मंगलबार मन्त्रालयले सूचना जारी गर्दै सोनाम ल्होसार अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थामा सार्वजनिक बिदा दिएको हो ।

 

सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ‘बुधबार सोनाम ल्होसार अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ सूचनामा भनिएको छ ।