close

निस्दीमा कर्मचारीको तलब बढ्यो

निस्दीमा कर्मचारीको तलब बढ्यो

Trulli
ADVERTISEMENT

पाल्पा–पाल्पाको निस्दी गाउँपालिकाको दशौँ गाउँसभाले पालिकाभित्रका विद्यालयमा बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तासहितको कर्मचारीको मासिक तलबमा वृद्धि गरेको छ । 

 

गाउँसभाले विद्यालय सञ्चालनको स्तर अनुसार तलब निर्धारण गरेको हो । माध्यमिक विद्यालयमा कार्यरत लेखापालको तलव मासिक रु १६ हजार र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको रु १५ हजार ४०० पुर्‍याइएको छ ।

 

कक्षा १ देखि ३ सम्म पठनपाठन हुने विद्यालयका कार्यालय सहयोगीको रु १५ हजार र कक्षा १ देखि ५ सम्मकाको रु १५ हजार १०० तलब कायम गरेको छ । यसैगरी कक्षा १ देखि ८ सम्मका विद्यालयमा कार्यरत कार्यालय सहयोगीको रु १५ हजार २०० र १२ कक्षासम्मका विद्यालयमा कार्यरतको तलब रु १५ हजार ३०० पुर्‍याइएको छ । 

 

शिक्षक, पत्रकार र कर्मचारी सम्मानित

 गाउँसभाले शिक्षक, पत्रकार र कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा जनता मावि निस्दी, गल्धाका गीमबहादुर जर्घा, मित्याल आधारभूत विद्यालय निस्दी, मित्यालकी तम्सरी खाम्चा, जीवनज्योती आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक चित्रसिंह आलेलगायत रहेका छन् । उनीहरुलाई जनही १० हजार रुपैँया र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।