close

बागमती किनारका घरटहरा हटाइँदै  

बागमती किनारका घरटहरा हटाइँदै  

Trulli
ADVERTISEMENT

काठमाडौं– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरी गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बागमती नदी किनारका दायाँबायाँ बनेका अस्थायी र स्थायी संरचना ७ दिनभित्र हटाउन आग्रह गरेको छ । समितिका आयोजना उपप्रमुख अमित रञ्जितले सूचना जारी गरी नदी किनारमा बनेका अस्थायी संरचना ३ दिनभित्र र स्थायी संरचना ७ दिनभित्र हटाउन आग्रह गरेका हुन् ।

 

यसअघि पनि यस्ता संरचना हटाउन पटक–पटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनः सूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ ।


तोकिएको समयभित्र अनधिकृत संरचना नहटाए समितिले आफैं भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकीसरह उठाइने सूचनामा उल्लेख छ । समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्मको नदी किनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना हटाएको थियो ।