close

धनकुटामा टिपर दुर्घटना हुँदा दुईको मृत्यु

धनकुटामा टिपर दुर्घटना हुँदा दुईको मृत्यु

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने ५ बजे धनकुटा नगरपालिका वडा नम्बर २ नागढुंगास्थित कोसी राजमार्गमा बाप्र०३–००१क ०५४९ नम्बरको हाइवा टिपर सडकबाट अन्दाजी २५ मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परी टिपर चालक प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर १ का २८ वर्षीय भुवन थ्रेडी मगर र सह–चालक दाङको बबई गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय नविन विकको मृत्यु भएको प्रहरीले बताएको छ ।

 

टिपर दुर्घटना भएपछि पुगेको प्रहरीले दुवै जनाको शव गाडीमुनि रहेको अवस्थामा फेला पारेको धनकुटाका प्रहरी उपरीक्षक नहकुल पोख्रेलले जानकारी दिए ।