close

ऋषिङ खुल्ला अल्ट्रा म्याराथन पुस २७ गते

ऋषिङ खुल्ला अल्ट्रा म्याराथन पुस २७ गते

Trulli
ADVERTISEMENT

तनहुँ– ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथन यही पुस २७ गते हुने भएको छ । ‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त अल्ट्रा म्याराथनको आयोजना गरिएको हो । 

 

खुल्ला म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः  ६५ हजार,  ४० हजार,  २५ हजार र  १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए । स्थानीय म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश :  १५ हजार,  १० हजार,  ६ हजार र   २ हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने छ । 

 

त्यसैगरी महिला सर्ट म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः  १० हजार,  आठ हजार,  पाँच हजार र  दुई हजार उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले बताइन् । म्याराथनमा सहभागी हुन चाहने धावकले यही पुस २५ गते बिहान १० बजेसम्म फाराम भर्न सक्नेछन् ।

 

खुल्ला म्याराथनतर्फ धारुङ भञ्ज्याङदेखि दौड सुरु भई ऋषिङ प्रवेशद्वार, रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यू टावरमा पुगेर समापन हुनेछ ।

 

स्थानीय म्याराथनका लागि धारुङ भञ्ज्याङबाट सुरु भई रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, केउराडी हुँदै ज्यामिरेमाई मन्दिर पुगेर समापन हुनेछ । त्यसरी नै महिला सर्ट म्याराथनतर्फ धारुङ भञ्ज्याङदेखि रानीपोखरी, गोर्खाली चौतारी, गैराथोक, दुर्गा मन्दिर, कोट दरबार, दुर्गा भवानी मन्दिरसम्मको रुट चयन गरिएको गाउँपालिकाले जनाएको छ ।