काठमाडौं–काठमाडौं महानगरपालिकाले संक्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि, २०७८ संशोधनसहित स्वीकृत गरेको छ । त्यसैगरी ‘बाल अधिकार संरक्षण तथा संवद्र्धनसम्बन्धी कार्यविधि, २०७८’ तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिइएको छ ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७२औँ कार्यपालिका बैठकमा उक्त कार्यविधि स्वीकृत भएको हो । शुक्रबार बसेको कार्यपालिका बैठकमा १०औँ नगरसभा २८ पुसमा गर्ने निर्णय भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ को उपदफा ४ मा गाउँ र नगरसभासम्बन्धी व्यवस्था छ ।
यो ऐनसँगै बागमती प्रदेशको कानुन र महानगरपालिकाको नगरसभा सञ्चालनसम्बन्धी कार्यविधि, २०७४ का आधारमा अधिवेशनको मिति तय गरिएको हो ।